default_image

9 years ago

March 28, 2016

खेलाडी संघको खेलकुद मन्त्रीलाई ५ बुँदे सुझाव पत्र

108 views

0 Bookmark

काठमाडौं, चैत १५
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग), सातौं राष्ट्रिय खेलकुद, खेलाडीको सुविधाका विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले ५ बुँदे सुझाव पत्र सोमबार युवा तथा खेलकुद मन्त्रालयलाई बुझाएको छ ।
खेलाडी संघका अध्यक्ष दीपक विष्टसहितको टोलीले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा गइ खेलकुद मन्त्री सत्यनारायण मण्डललाई पत्र हस्तान्तरण गरे । सुझाव पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पनि बोधार्थ दिइएको छ ।

sujhav
सुझाव पत्रमा भारतमा भएको १२ औं सागका पदक विजेता खेलाडीले पाउनु पर्ने नगद पुरस्कार चाँडो उपलब्ध गराउनु पर्ने, नेपाली खेलकुदलाई नियमित रुपमा अघि बढाउन दुईपटक मिति घोषणा हुँदापनि स्थगित भएको सातौं राष्ट्रिय खेलकुद छिट्टै आयोजना गर्नु पर्ने, नेपालले आयोजनाको जिम्मा पाएको १३ औं साग राजधानी मात्र केन्द्रीत नगरी तत्काल भौतिक पूर्वाधार निर्माणलगायत सहभागिता गराउने सम्भावित खेलका लागि योजना अघि बढाउन भनिएको छ ।
त्यस्तै सागमा स्वर्ण जित्ने खेलाडीलाई दिइएको मासिक सुविधालाई नियमावलीमै व्यवस्था गरी नियमित बनाउनु पर्ने तथा विभिन्न खेलका खेलाडहरु एकै ठाउँमा प्रशिक्षण गर्न बाध्य भएकाले प्रत्येक खेलका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माणतर्फ विशेष ध्यान पु¥याउन माग गरिएको छ ।
सुझाव पत्र बुझ्दै मन्त्री मण्डलले खेलाडीहरुको संगठीत संस्थाबाट संगठीत सुझाव आएको बताउदै १३ औं साग आयोजनाका लागि नीति निर्माण गर्न सुझावले सहयोग पु¥याउनुका साथै मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले सुझावलाई खेलकुदको पुँजीका रुपमा ग्रहण गरेको बताए ।
मन्त्री मण्डले केहि दिनपछि १३ औं सागको तयारी समिति घोषणा हुने बताउदै अन्तर्राष्ट्रिय जगतमा खेलकुदले जति राष्ट्रलाई चिनाएको छ त्यो मात्रामा राज्यले लगानी नगरेको धारणा व्यक्त गरे ।
अध्यक्ष विष्टले आठौं साफका पदक विजेताले ५ वर्षपछि पुरस्कार पाएको स्मरण गर्दै १२ औं सागका पदक विजेतालाई चाँडो पुरस्कार दिदा सम्मानको छुट्टै महत्व हुने बताए । उनले सातौं राष्ट्रिय खेलकुद खेलाडीका लागि ठूलो अवसर भएको बताउदै सातौं चाँडै गर्नु पर्नेमा जोड दिए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.