6 years ago
December 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ ।
आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो ।
प्रतियोगिता गोदावारी नगरपालिकास्थित प्याङगाँउ चौरमा हुनेछ । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ, फुल कन्ट्याक्ट कराते, मुआय थाई र तीन विभागीय टोली नेपाल प्रहरी, एपीएफ र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउनेछ । सहभागी खेल संघबाट हरेक तौल समूहमा एक खेलाडी अनिवार्य रुपमा आउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, माथि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ५० केजी, ५५ केजी, ६० केजी माथि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहमा गरी करिव २ सय खेलाडीको सहभागिता रहने संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।
प्रतियोगिताको विभिन्न तौल समूहको विजेताले समान २० हजार पाउनेछ । दोस्रो हुनेले १० हजार तथा तेस्रो स्थान हात पार्नेले समान ५–५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १५ हजार पाउने आयोजकले जनाएको छ ।
यस्तै सबैभन्दा बढी स्वर्णपदक हात पार्ने टिमलाई टिम च्याम्पियन स्वरुप ५० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक मीन कृष्ण महर्जनले जानकारी गराए । टिममा दोस्रो हुनेले २५ हजार तथा तेस्रोले १२ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तीन दिने प्रतियोगिताको लागि ३० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]