default_image

6 years ago

December 4, 2018

रत्नजित र दिपेश दोस्रो चरणमा

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ र दिपेश धामी राजधानीमा आजबाट शुरु भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा प्रवेश गरेका छन् ।


हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा मंगलबार नेपाली शीर्ष वरीयताका रत्नजित तामाङले भारतका धुरव कुमारलाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नले धुरवमाथि २२–२०, २२–२४ र २१–१४ को जित निकालेका हुन् । दोस्रो वरीयताका दिपेशले माल्दिभ्सका अहमेद निवलमाथि २१–८ र २१–११ को सहज जित निकालेका हुन् ।


यस्तै नेपालका विकास श्रेष्ठ, विजित थापामगर, प्रफुल महर्जन, प्रिन्स दाहाल र नविन श्रेष्ठले पनि आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । पुरुष एकलमा विकासले माल्दिभ्सका सरिम मोहमेदलाई २१–१५ र २१–७ को सेटमा जित निकाल्यो ।

यस्तै विजितले भुटानका सुभेरसन लामालाई २१–१९ र २१–७, प्रफुलले मरिससका क्रिस्टोफर पउललाई २१–१९ र २१–१४, प्रिन्सले बंगलादेशका मंगल सिंहलाई २१–१५, १५–२१ र २१–९ ले पराजित गरे । नविन श्रेष्ठले बंगलादेशका मोहम्मद सलमान खानलाई २१–१५ र २१–१९ को सेटमा पाखा लगाए ।

नेपालका साजन ताम्राकार, सुनिल जोशी, रुकेश महर्जन, दीपक बोहरा, इरफान अन्सारी र गौतम कठायत भने पहिलो चरणमा पराजित भएका छन् ।

त्यसअघि पुरुष एकलको छनोटमा नेपालका सुदिप सेढाईं बंगलादेशका गौरव सिंहसँग १५–२१, २३–२१ र २१–१६ ले पराजित भए । महिलाकै छनोटमा नेपालकी सम्झना शर्मा र सिमा राजवंशी पराजित भइन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.