default_image

9 years ago

March 25, 2016

दक्षिण एसियाली महिला बास्केटबललाई एनटीसीको साथ

135 views

0 Bookmark

काठमाडौं, चैत १२
नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपको मुख्य प्रायोजक एनटीसी (नेपाल टेलिकम) रहने भएको छ ।

basket
युनाइटेड वल्र्ड टे«ड सेन्टरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष लामा टेन्डी शेर्पाले सोको जानकारी गराए । मुख्य प्रायोजनसंगै प्रतियोगिताको नाम अगाडि एनटीसी थपिने छ । अन्य प्रायोजकमा रुसलान, मोर्गन इन्टरनेसनल कलेजलगायत छन् भने मिडिया पार्टनरमा द हिमालयन टाइम्स रहेको छ ।
मार्च २९ देखि अप्रिल १ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका गरी ५ राष्ट्र सहभागी हुने छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । प्रतियोगितामा जम्मा १० खेल खेलाइने छ ।
दक्षिण एसियाली महिला बास्केटबल नेपालमै पहिलो पटक हुन लागेको हो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा टिम प्रशिक्षक विकास शाहीले तयारी राम्रो भएकाले लक्ष्य उपाधि नै भएको बताउदै सहभागी मध्ये श्रीलंका बलियो टिम भएको बताए ।
‘हामीले १२ औं सागका लागि तयारी गरिहेका थियौं । सागमा खेल्न नपाउदा खेलाडी दुखी थिए । अब नेपालमै प्रतियोगिता हुने भएपछि खेलाडी खुशी र उत्साहित छन् ।’ शाहीले भने– ‘खेलाडीले भारत र थाइल्यान्डमा पनि सागको तयारीका लागि प्रशिक्षण लिएका थिए । हामी तयारी अवस्थामा छौं । हाम्रो लक्ष्य उपाधि नै हो ।’
कप्तान सदिना श्रेष्ठले तयारी राम्रो भएकाले टिम बलियो भएको बताउदै लक्ष्य उपाधि नै भएको बताइन् । प्रतियोगिता सञ्चालन गर्न ७२ लाख ९८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.