6 years ago
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जाकार्तामा जारी एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगिताको सिनियर एकल कातामा नेपालका पर्शुराम बास्तोलाले कास्य पदक प्राप्त गरेका छन् ।
नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पर्शुराम बास्तोलाले कास्यपदकका लागि भएको खेलमा चाइनिज ताइपेइका खेलाडीलाई ४–१ ले पराजित गर्दै कास्य जित्न सफल भएका हुन् ।
उनले यसअघि आयोजक इन्डोनेसियालाई ३–२ र श्रीलंकालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए । तर, बास्तोला सेमिफाइनलमा जापानसँग पराजित हुन पुगे ।
त्यसपछि उनले कास्य पदकको लागि प्रतिस्पर्धा गरेका थिए । कास्य पदकका लागि भएको प्रतिष्पर्धामा चाइनिज ताईपेईलाई ४–१ ले पछि पार्दै नेपाललाई कास्य पदक दिलाउन सफल भएको प्रशिक्षक अशोक पहाडीले बताए ।
बास्तोलाले यसअघि अन्तर्राष्ट्रिय अनुभवका लागि क्यानडाको भ्यागकुवरमा नोभेम्बर १७ मा भएको सातौँ कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सिनियर एकल कातामा स्वर्ण हात पारेका थिए । प्रतियोगितामा काता विधाको ग्रान च्याम्पियनको ट्रफि समेत हात पारेका थिए ।
जाकार्तामा जारी प्रतियोगितामा ६० किलो तौल समूहमा नेपालका अनिस लामाले समेत कास्य पदक हात पारेका छन् । पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई ६–४ ले पराजित गरेका लामा जापानसँग १०–४ ले पछि परेको नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले जानकारी दिए ।
दिगम्वर प्रसाद पन्तले फिलिपिन्सलाई ८–० ले पराजित गर्दै कास्य पदक जिते । उनले त्यसअघि सिंगापुरलाई ८–० ले पछि पारेको थियो । इन्डोनेसियासँग ४–६ ले पराजित भएका थिए ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]