9 years ago
March 25, 2016
दिपक बोहोरा ,पाँचथर
राष्ट्रिय लिग तथा अन्य फुटबल प्रतियोगितामा धेरै राम्रो प्रर्दशन गर्दै आए पनि कहिले राष्ट्रिय टिममा स्थान बनाउन नसककेका झापा ११ का कर्ण लिम्बुले आफ्नो फेसबुक स्टाटस मार्फत नेपाल आमाको नाममा लेखेका चिठ्ठिे छन ।
एन्फाको क्याम्प सम्म लादै फर्काउदै गर्दा एन्फा संग नेपाली फुटबलप्रमिहरु निरास हुने गरेका छन । कर्ण पनि निरास भएर होला आफ्नो मनको व्यथा फेसबुक मार्फत सार्वजनिक गरेका छन । उनले आफ्नो फेसबुकमा नेपाली आमाको कोखबाट जन्म लिन पाएकोमा खुसी अनि छु । भनेका छन अनि नेपाली भएकोमा सबैकुरा सहन तयार छु तर गदार प्रशिक्षकहरु कहिले जन्माउन उनले नेपाल आमा संग अनुरोध समेत गरेका छन । उनीहरुले आफ्नो स्वार्थका लागी तपाइलाई बजारमा मोलमोलाइ गरीरहेका छन, भनी लेखेका छन ।
उनले फेरी आजबाट सदाको लागी एक सच्चा देश भक्त छोरा गुमाउदै हुनुहुन्छ समेत लेखेका छन । यो तिन चार दिन अगाडि पोष्ट भएको स्टाटसमा १३ सय जति लाइक छ भने सयै कमेन्ट हरु छन । कमेन्ट धेरैले एन्फाको खेलाडी छनोटको बिरोध गरेका छन । अनि धेरैले कर्ण लाई धैर्य गर्न सुझाएका छन ।
नेपाल आमा लाई एउटा चिट्ठी
हे नेपाल आमा खुशी अनी गर्व छु तपाई को कोख मा जन्म लिन पाउदा
सबै कुरा दिनुहोस् दुस्ख, पिडा, पिर, ब्यथा सबै कुरा सहन् तयार छु तर यो कोखा मा दारा भएको प्रशिक्ष्य हरु कहिले पनि नजन्माउनु होस् ?तिनी हरु ले आफ्नो स्वार्थ को लागि तपाईं लाई बजार बजार मा मोल मोलाई गरी रहेका हुन्छन
आज बाट तपाईं ले एक सचा अनी देश भक्त छोरा लाई सधै को लागि गुमाउदै हुनुहुन्छ
शायद तपाईं को लागि म सक्ष्यम छोरा भएन होला
तपाईं लाई खुशी पार्न धेरै कोशीस गरे तर एक्पटक पनि पछी हेर्नु भएन
तपाईं को लागि छोरा हरु धेरै छन तर मेरो लागि म सधै टुहुरो नै रहय
जय होस् नेपाल आमा तपाईं को जय होस्
तपाईं को उही टुहुरो छोरा
कर्ण लिम्बु
झापा एघार
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]