6 years ago
November 24, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– चौथो नेपालगन्ज म्याराथन नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । नेपाल एपिएफ क्लबकी कान्छिमाया कोजुले दोस्रो पटक हाफ म्याराथनको उपाधि जितेकी छन् ।
क्रियटिभ ह्यान्ड्सको आयोजनामा शनिबार भएको म्याराथनमा २ घन्टा ३३ मिनेट २० सेकेन्डमा निर्धारित दुरी (४२ .१९५ किलोमिटर) पुरा गर्दै भूमिराज च्याम्पियन बनेका हुन् । उनको यो पहिलो सहभागिता हो । नेपालगन्जको विपिचोकबाट सुरु भएको म्याराथन कोहलपुर, कौशिलानगर हुँदै पुनः सोही रुटबाट फर्केर विपि चोक पुगेर टुंगिएको थियो।
महिला हाफ म्याराथनमा कान्छिमाया दोस्रो सहभागितामा पनि च्याम्पियन बनेकी छिन् । उनले १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । म्याराथनमा एपिएफका खिमबहादुर खत्री दोस्रा र सोही क्लबका गणेश ठकुरी तेस्रो भएका छन् । खिमबहादुरले २ घण्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पुरा गरे ।
गणेशले २ घण्टा ४७ मिनेट २८ सेकेन्डमा दुरी तय गरे । बर्दियाका बलबहादुर सुनार चौथो, पुलिसका भीमबहादुर रोकाय पाँचौ, प्रमोद खड्का छैटौं , गोपाल बुढा सातौं र बाँकेका मोरी ग्यानरुक आठौं भएका छन् । भुमिराजले ६० खिमबहादुरले ३०, डोशले २० हजार रुपैयाँ प्राप्त गरे । चौथोले १० हजार, पाँचौले ८ हजार, छैठौले ७ हजार, सातौले ६ हजार र आठौले ५ हजार रुपैयाँ प्राप्त गरे ।
महिला हाफ म्यराथानमा एपिएकै बृन्दा श्रेष्ठ दोस्रो र कृष्णाश्वरी सिन्तकला तेस्रो भइन् । बृन्दाले १ घन्टा २५ मिनेट ४४ सेकेन्ड र कृष्णश्वेरीले १ घण्टा ३१ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी छिन् । कञ्चन पुनमगर चौथो, बत्तीसरा बम पाँचौं र अन्जु मल्ल छैटौं भइन् । कान्छिमायाले ३०, बृन्दाले १५ र कृष्णेश्वरीले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
चौथोले ५ हजार, पाँचौले ४ हजार र छैठौले तीन हजार रुपैया पाएका छन् । नेपालगञ्ज म्याराथनको ५ किलोमिटर पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भएका छन् । नरेशले १६ मिनेट ३५ सेकेन्डमा दुरी पार गरेका थिए । त्यसमा माधव चौधरी दोस्रो, सन्तोषनाथ योगी तेस्रो र प्रकाश कठायत चौथो भए ।
५ किलोमिटर महिलातर्फ कालिकोटकी मंगला बुढा १९ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै पहिलो भइन् । अनिशा चौधरी दोस्रो, सुमित्रा चौधरी तेस्रो र रेजिना बस्नेत चौथो भइन् । ५ किलोमिटर पुरुष र महिलाका विजेताले ५ हजार, तीन हजार, दुई हजार र एक हजार पुरस्कार पाएका छन् । नेपालगञ्ज म्याराथन यसपटक १ किलोमिटर वाकाथन प्रतिस्पर्धा पनि भएको थियो । जसमा प्रदीप पण्डित विजयी भए । सोही अवसरमा आयोजक क्रिएटिभ ह्यान्ड्स ग्रुपले ओलम्पियन हरि रोकायलाई सम्मान गरेको थियो ।
म्याराथनका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वली, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री, काठमाडौं म्याराथन सञ्चालक निलेन्द्र श्रेष्ठ, राखेपका सदस्य विनोद मैनाली, खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने,बाँकेका प्रहरी प्रमृख एसपी अरुण पौडेल, आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीलगायतले पुरस्कारित गरे ।
सरकार र तत्कालिन माओवादी विद्रोहीबीच शान्ती सम्झौता भएको मंसिर ५ लाई स्मरण गर्ने उद्देश्यका साथ म्याराथनको आयोजना गर्दै आएको आयोजक ग्रुपले जनाएको छ । यसपटक स्थानियको आग्रहमा शनिबार आयोजना गरिएको बताइएको छ ।
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहिन विश्व कपमा नेपालले अफगानिस्तान टोलीलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । सोमवार भएको तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन […]
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]