9 years ago
March 24, 2016
काठमाडौं, चैत ११ ग्रेट हिमालय क्रिकेट एकेडेमी र फर्पिङ क्रिकेट क्लवबीच मैत्रीपूर्ण सिरिज हुने भएको छ । करिव एक महिना चल्ने सिरिजमा दुई टोलीले तीन दुई दिवसीय र तीन एकदिवसीय म्याच खेल्नेछन् ।
सिरिज अन्तर्गत दुई दिवसीय खेलहरु चैत १२ र १३ गते, १९ र २० गते तथा २६ र २७ गते हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल बैशाख २, ३ र ४ गते आयोजना हुनेछ । युवा क्रिकेटरको प्रतिभा विकासका लागि यस सिरिजले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा आयोजक क्लवले गरेको छ ।
यो सिरिज ग्रेट हिमालय क्रिकेट एकेडेमीले गर्न लागेको तीन नम्बर प्रदेश भ्रमण अन्तर्गत नै हो । यसका अलावा एकेडेमीको टोलीले नुवाकोट, भक्तपुर, काभ्रे, धादिङ, रसुवा, सिन्धुपाल्चोक लगायत यस क्षेत्रका थुप्रै स्थानहरुमा पुगेर क्रिकेटको प्रचार प्रसारका साथै प्रतिभा पहिचान गर्ने लक्ष्य लिएको छ । यसलाई ग्रेट हिमालय क्रिकेट क्लव ट्यालेन्ट टूर नाम दिइएको छ ।
ग्रेट हिमालय क्रिकेट एकेडेमीले जारी गरेको बिज्ञप्तिमा दुई क्लवहरुबीच चैत १२ देखि बैशाख ६ गतेसम्म फर्पिङस्थित त्रिभुवन आदर्श माध्यामिक बिद्यालयको मैदानमा हुने सिरिज आयोजनाका लागि करिव ३ लाख खर्च हुने अनुमान क्लबले गरेको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]