9 years ago
March 24, 2016
धनगढी, चैत ११ धनगढी क्रिकेट लिग भाग–३ को उपाधिका लागि सिवाईसी अत्तरिया र चौराहा भिड्ने भएका छन् ।
दोस्रो क्वालिफायर अन्र्तगत बुधबार भएको खेलमा क्याम्पसरोडलाई दुई पराजित गर्दै चौराहाले उपाधिका लागि सिवाईसी अत्तरियासँगको भेट पक्का गरेको हो । सिवाईसी अत्तरिया यसअघि नै फाइनल पुगिसकेको थियो ।
प्रतियोगिता अन्तर्गत विहीबार धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भएको दोस्रो क्वालिफायरमा टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११९ रन बनायो । क्याम्पसरोडका लागि सन्तोष भट्टले ३० तथा ललित सिंह भण्डारीले २४ रन बनाए । त्यस्तै अमर धानुकले २२ रनको पारी खेलेपनि अन्य ब्याट्सम्यानको उल्लेखनिय प्रदर्शन गर्न सकेन ।
क्याम्परोडलाई सस्तैमा समेट्न चौराहाका सोनु तामाङर योगेन्द्र सिंह कार्कीले समान २–२ विकेट लिए । पदम केसीले १ विकेट हात पारे ।
१२० रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको चौराहाले निर्धारित २० ओभरको खेलमा १९.५औ ओभरमा चौका पप्रहार गर्दै ८ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । चौराहाका लागि पदम केसीले ३५ तथा दिपेन्द्र थापाले ३१ रनको पारी खेले । क्याम्पसरोडका चन्द्र सावँदे ३ तथा ललित सिंह भण्डारी तथा सन्तोष भट्टले समान २ विकेट लिएपनि जित दिलाउँन सकेनन् ।
चौराहा र अत्तरियाबीच उपाधिका लागि चैत्र १३ गते हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद ५ हजार तथा म्यान अफ द सिरिज हुनेले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]