6 years ago
November 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रोजवड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।
आयोजक रोजबड स्कुलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराएको छ । प्रतियोगिता मंसिर ८ गतेदेखि १७ गतेसम्म आयोजक रोजवड स्कुलकै प्राङ्गणमा आयोजना हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ १६ स्कुल र महिलातर्फ ५ स्कुलले सहभागिता जनाउने प्रतियोगिता संयोजक बेनी कार्कीले जानकारी गराए । प्रतियोगितामा कक्षा ११ र १२ मा पढ्ने नियमित विद्यार्थीले मात्रै भाग लिन पाउनेछन् । प्रतियोगितालाई निस्पक्ष बनाउँ २०७३ र ७४ सालमा एसईई परिक्षा दिएकालाई मात्र सहभागी गराइनेछ । सहभागी १६ स्कुललाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
ब्वाइजतर्फ समूह ए मा सिसिआरसी कलेज, न्यु समिट कलेज, ज्ञान निकेतन कलेज, सेन्ट जेभियर स्कुल रहेका छन् । समूह ‘बी’ मा ट्रिनिटी कलेज, क्याम्पियन एकेडेमी, मोर्गान कलेज र एस कलेज छन् । समूह ‘सी’ मा टाइम्स कलेज, ट्रिटन कलेज, बर्न हार्ट कलेज र साइपाल एकेडेमी छन् । समूह ‘डी’ मा गोल्डेनगेट कलेज, आयोजक रोजबड स्कुल, ह्वाइट हाउस कलेज र जेभियर इन्टरनेसनल कलेज रहेका छन् ।
गर्ल्सतर्फ साइपाल एकेडेमी, मोर्गान कलेज, एस स्कुल, जेभियर इन्टर नेसनल कलेज र ट्रिनिट कलेज रहेका छन् । खेल राउन्ड रोविन लिगको आधारमा हुनेछ ।
विजेताले ट्रफीसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको विद्यालयका प्रिनिसपल दामोदर ढुङ्गानाले जानकारी गराए । उनले अर्काे वर्षबाट रोजवडको महिला टिम तयार पारिने बताए । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।