default_image

6 years ago

November 19, 2018

गोलरहित पहिलो हाफमा म्याक्सवेललाई रातो कार्ड

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा सीएमजी क्लब संकटा र जावलाखेल युवा क्लब खेल्दैछन् । पहिलो हाफमा खेल ०-० को बराबरीमा छ ।

खेलको १९ अौं मिनेटमा संकटा १० खेलाडीमा सिमित भएको थियो । पहिलो पहेंलो कार्ड पाएको एक मिनेट नबित्दै एलोन म्याक्सवेलले दोस्रो पहेंलो कार्ड पाएपछि संकटाले बाँकी समय एक खेलाडी कममा खेल्नुपरेको हो । एलोनले जावलाखेलका डिफेन्डर अडामा डुम्बियालाई लगातार फल हानेका थिए ।

दुवै टोलीले पहिलो हाफमा अाक्रमक मुभ बुन्न सकेको छैनन् । संकटाले खेलाडी कम भएपनि बल पोसेसनमा दवाव राखेको छ । जावलाखेलले पहिलो हाफमा एक परिवर्तन गर्दै अाक्रमक रुपमा प्रस्तुत हुने संकेत देखाएको छ ।

January 19, 2025

गाेर्खा कप पुरुष भलिबलमा १९ टोली

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]

January 18, 2025

चन्द्र र सफलको जोडीलाई‌ राष्ट्रिय बिच भलिबल उपाधि

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडीआठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो […]

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

Success

Thank you for your time.