6 years ago
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्रि तथा अन्तराष्ट्रिय अम्पायर श्री उदय अर्याल भारत प्रस्थान गरेका छन् ।
भारतिय ब्याडमिन्टन संघको आयोजनामा भारतको लखनउमा हुने एचएसबिसी बिडब्लुएफ वल्र्ड टुर सुपर ३०० सैयद मोदी अन्तराष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मा निर्णायकको भूमिका निर्वाह गर्न अर्याल त्य तर्फ प्रस्थान गरेका हुन् ।
नेपाल बिद्युत प्राधिकरणबाट ब्याडमिन्टन प्रतियोगितामा प्रतिनिधित्व गर्नु हुने अम्पायर अर्यालले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सफलताका साथ निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् ।
प्रतियोगिता २० देखि २६ नोभेम्बर, २०१८ सम्म हुने उक्त प्रतियोगिता भारतको सवै भन्दा ठुलो प्रतियोगिता रहेको अर्यालले जनाएका छन् । प्रतियोगिताको पुरस्कार राशी १ लाख ५० हजार युएस डलर रहेको छ ।
अर्याललाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट तथा नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमका बीच शनिबार विदाई गरे ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]