6 years ago
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी पर्शुराम बाँस्तोलाले १९औं सातो कप आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल भएका छन् ।
क्यानाडाको भेन्कुभर भएको च्याम्पियनसिपमा पर्शुरामले इन्डिभिजुअल सिनियर कातातर्फ क्यानडाका खेलाडीलाई ३–२ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
उनले यसअघि पहिलो चरणमा भारतीय खेलाडीमाथि ५–० र अमेरिकी खेलाडीमाथि ४–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पर्शुले चीनका खेलाडीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
पर्शुरामले एकल कातामा स्वर्ण जित्न सफल भएका हुन् । च्याम्पियनसिपमा ३५ राष्ट्रको सहभागिता रहेको थियो । पर्शुराम गत बुधबार प्रतियोगिताको लागि क्यानडा पुगेका थिए । उनको प्रशिक्षकमा मुकेश बरुवाल रहेका छन् । उनीहरु २१ नोभेम्वरमा नेपाल आइपुग्नेछ । सोही दिन नै एपिएसकेएफ गेमको लागि इन्डोनेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]