default_image

6 years ago

November 17, 2018

‘तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य’- राखेप उपाध्यक्ष तिम्सिना

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउन सफल तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य भएको बताएका छन् ।

नेपाल तेक्वान्दो संघले आफु र राखेप सदस्य इन्दिरा निरौलाको स्वागत र शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा तिम्सिनाले भने, खेल र खेलाडीको अहित हुने कुनै पनि काम गर्ने छैन । खेलको विकासका लागि प्रयास गर्नेछु । राखेपले हालै मात्र नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई समान हैसियता संघ भन्दै मिलेर अघि बढ्न एक साताको अल्टिमेटम दिएको छ ।

तर, नेपाल तेक्वान्दो संघ भने राष्ट्रिय संघसँग मिलेर जान नसकिने बताउँदै आएको छ । युवराज लामा सदस्य सचिव भएका बखत तेक्वान्दो संघ अस्तित्वमा रहँदा रहँदै २०६७ मा राष्ट्रिय तेक्वान्दो युनियनलाई राखेपमा दर्ता दिइएको थियो । त्यति मात्र होइन, २०६८ मा भएको छैटौं राष्ट्रिय खेलकुदमा सुरुमा प्रदर्शनी खेल भनिएपछि पछि पदक तालिकामा समावेश गरिएको थियो ।

केहि महिना अघि इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको सहभागिताका विषयमा पनि तेक्वान्दोलाई विवादमा पार्ने प्रयास भएको थियो । तर, पछि राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाल तेक्वान्दो संघले सिफारिस गरेका खेलाडीलाई मात्र एसियाडमा सहभागि गराएको थियो ।

अहिले भने राखेपले आठौं राष्ट्रिय खेलकुदका लागि दुवै संघले मर्ज गरेर अघि बढ्नु पर्ने आशायको पत्र काटेको थियो । स्वागत कार्यक्रममा संघका महासचिव दिपराज गुरुङले तेक्वान्दो खेलको सफलतालाई मध्यनजर गर्दै तेक्वान्दोमा अनावश्यक विवाद निम्त्याउने काम गर्न नहुने बताए ।
कार्यक्रममा राखेपका नवनियुक्त सदस्य राजेश गुरुङलाई पनि स्वागत गर्ने कार्यक्रम रहेपनि उनी भने पोखरामा रहेका कारण उपस्थित नरहेको बताइएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.