6 years ago
November 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन पहिलो भए । उनले थाइ बक्सिङका दीपेन्द्र खनाललाई हराए । अर्को ५५ केजीमुनिको प्रतिस्पर्धामा वज्रका महेश भुजेल प्रथम भए । उनले नक्साल बक्सिङ क्लबका यानभ थुलुङ राईको चुनौती समाप्त पारे ।
६२ केजीमुनि सेनाका चोपबहादुर बुढाथोकी विजयी भए । उनले नक्सालका अभिषेक राईलाई निराश पारे । ६२ केजीमुनिकै अर्को भिडन्तमा बनेपा डोजोका सजित प्रजाले शीर्ष स्थान हात पारे । उनले थाइ बक्सिङका सुदीप श्रेष्ठलाई पाखा लगाए । पुरुष ६९ केजीमुनि सेनाका विकास गुरुङले बाजी मारे । उनले बनेपाका प्रवीण मेचेलाई पन्छाए । महिला ५१ केजीमुनि नक्सालकी तेजी गुरुङ पहिलो भइन् । तेजीले एपीएफकी मनीषा राईलाई हराइन् ।
विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । १४ खेलाडी सहभागी एकदिने प्रतियोगिताको कुल नगद पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । वज्र फाइट प्रत्येक महिना आयोजना गर्ने संघको कार्यक्रम रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]