9 years ago
March 19, 2016
काठमाडौं, चैत ६
ललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्यपदक विजेता तीन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक श्रेष्ठ तथा महिलामा मीनु गुरुङ र सरस्वती रानाले कांस्य जितेका थिए । विजेतात्रय समान १५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । त्यस्तै नेपालमै भएको आठौं साफका स्वर्ण विजेता दाजुभाई प्रकाश थापामगर र रामचन्द्रलाई नगद ५–५ हजार र प्रशंसा पत्रद्वारा सम्मान गरियो । प्रकाश सागमा गएका बक्सिङ प्रशिक्षक टोलीका सदस्य पनि हुन् ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले सम्मान गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]