9 years ago
March 19, 2016
काठमाडौं, चैत ६
अस्ट्रेलियामा केही समयअघि सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मानबापत पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् ।
उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ति विजनेश प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चाबहिलका प्रोप्राइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ ललितपुरको भैसेपाटीमा रहेको नवीकरण प्रतिष्ठान नेपालका बालबालिकाहरुका लागि खर्चिए । कुशलले ११ हजारबाट चामल, तेल, चिउरा, दालमोठ, बिस्कूट, अण्डालगायतका विभिन्न खाद्यान्न किनेर प्रतिष्ठानका अध्यक्ष विशाल टमाटामार्र्फत बालबालिकालाई हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रम बोल्दै १० औं दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता कुशलले असहाय बालबालिकालाई सबैखाले सहयोग गर्न तयार रहेको बताए । ‘म अहिलेसम्म खेलेरै बाँचेको छु । यि बालबालिका पनि खेलकुदबाटै आत्मनिर्भर बन्न सकुन भन्ने मेरो चाहना हो । त्यसका लागि प्रशिक्षणसँगै उनीहरुलाई कराँते खेल्दा लाग्ने खर्च म आफै जुटाउनेछु ।’– कुशलले भने । कुशलले चैत १५ गतेबाट यस नवीकरण प्रतिष्ठानका बालबालिकालाई प्रशिक्षण दिन सुरु गर्ने समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै नवीकरण प्रतिष्ठान नेपालका अध्यक्ष विशाल टमाटाले कुशल श्रेष्ठ राम्रो खेलाडी मात्रै नभएर असल व्यक्तित्व समेत रहेको बताए । ‘उहाँले गरेको काम एकदम राम्रो लाग्यो । यस्ता मान्छे अझै नेपालमा धेरै भइदिए राम्रो हुन्थ्यो । उहाँले पहिलो चोटी यस्तो राम्रो काम गर्नुभयो । आजको दिन बच्चाहरु निकै खुसी भए । उनीहरुमा उत्साह छ ।’– टमाटाले भने । ललितपुर भैसेपाटीमा रहेको नवीकरण प्रतिष्ठान नेपालले विकट जिल्लाका २० असहाय बालबालिकालाई आश्रय दिदैँ आएको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]