6 years ago
November 6, 2018
मिलान (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब इन्टर मिलानले स्पेनिस प्रतिद्धन्द्धी बार्सिलोनालाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तरगत समूह ‘बी’ को चौथो चरणको खेलमा इन्टरले बार्सिलोनासँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।
समूह ‘बी’ को शीर्षस्थानमा रहेको बार्सिलोना इन्टरलाई उसकै घरेलु मैदानमा पराजित गर्दै अघिल्लो चरणको यात्रालाई थप बलियो बनाउने योजनामा हुनेछ । बार्सिलोना समूहमा अपराजित रहेको छ । उसले समूह चरणको तीन खेलमै जित हात पारेको छ । लिग चरणको पहिलो खेलमा बार्सिलोनाले इन्टरलाई २–० ले पराजित गरेको थियो । बार्सिलोना यही खेललाई निरन्तरता दिने योजनामा हुनेछ ।
तर, बार्सिलोनालाई आफ्ना कप्तान लियोनेल मेस्सीले खेल्नेमा शंका छ । उनलाई प्रशिक्षक इर्निस्टो भालभार्डेले टिममा समावेश गराएको छ, तर उनलाई जोखिममा नमोल्ने बताएका छन् । उनी स्पेनिस ला लिगा अन्तरगत सेभिल्लाविरुद्धको ४–२ को जितेको खेल दौरान घाइते भएका थिए । त्यसयता मेस्सीले चार खेल गुमाइसकेको छ । मेस्सीको अनुपस्थितिमा पनि पछिल्ला सबै चार खेलमा जित हात पारेको छ ।
मेस्सीको अनुपस्थितिमा अर्का स्टार खेलाडी लुइस सुवारेजले गज्जवको प्रदर्शन गरिरहेका छन् । सुवारेज नै इन्टरविरुद्धको खेलमा मुख्य हतियार बन्नेछन् । उनलाई फिलिपे कौटिन्हो, राफिन्हा, इभान राकिटिक र अर्थर जस्ता खेलाडीले साथ दिनेछन् ।
यता, इन्टर मिलान घरेलु मैदानमा बार्सिलोनालाई स्तब्ध पार्दै अघिल्लो खेलमा भोगेको हारको बदला लिने योजनामा हुनेछ । इन्टरको अग्रपङ्ति मौरो इकार्डीले सम्हाल्दा उनलाई इभान पेरिसिकले साथ दिनेछ । इन्टर समुहमा ३ खेलबाट २ जित र १ हारबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
मंगलबार राति नै यही समुहको अर्काे खेलमा इंग्लिस क्लब टोटेनहम हस्टपरले डच क्लब पीएसभी इन्होभेनको सामना गर्दैछ । समूह चरण पार गर्ने सम्भावनालाई जीवितै राख्न दुवै टोलीलाई जितको आवश्यक छ । समुहमा दुवै टोली समान १ बराबरी र २ हारबाट १ अंक जोडेर तेस्रो र चौथो स्थानमा छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]