6 years ago
November 4, 2018
ललितपुर (हाम्रो खेलकुद) – नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी १०औं यल कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन बनेको छ ।
सनिल र सुमनको जोडीले आफ्नै क्लबका साविकको विजेता ससिन डंगोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । दथुलंका राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी बज्राचार्य र संदीप शाक्यको जोडी संयुक्त तेश्रो भए ।
सनिल र सुमनको जोडीले रनिङ्ग ट्रफीका नगद ३० हजार प्राप्त गरे । दोश्रो स्थान हात पार्ने ससिन र सुमितले नगद २० हजार पाए । तेश्रो हुने राजु र सुमित तथा रत्नकाजी र संदीपले नगद १०/१० हजार रुपैया प्राप्त गरे ।
पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको यु–१५ एकलमा नागबहालका सहज शाक्यले बाजी मारे । सहजले आफ्नै क्लबका सुजल शाक्यमाथि २१–१५, १३–२१ र २१–१७ को जित निकाले । तेस्रो स्थानमा नागबहालकै श्रवण शाक्य तथा प्रयाग पोखरीका पुजन चित्रकार रहे ।
यस्तै मिक्स युगलतर्फ दथुलंका राज बज्राचार्य र यास्ना डंगोलको जोडी सोही क्लबका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै च्याम्पियन भए । नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडी तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडी तेस्रो भए । यु–१५ र मिक्सतर्फका शीर्ष तीनले क्रमश १०, ७ र ४ हजार पाए ।
भेट्रान्सतर्फको प्रतिस्पर्धामा मंगलबजारका विरेन्द्र लाल श्रेष्ठ र किशोर ब्यञ्जनकारको जोडी स्वर्ण प्राप्त गर्न सफल भयो । श्रेष्ठ र ब्यञ्जनकारको जोडीले नागबहालका सुदिम शाक्य र प्रविण शाक्यको जोडीलाई २१–१७, २४–२२ ले पाखा लगाउन सफल भयो । प्रयाग पोखरीका पूर्ण भक्त चित्रकार र कमल राजकर्णिकार तथा ओकुबहालका कमल शाक्य र राजेश शाक्यको जोडीले तेस्रो स्थान हात पारे । उनीहरुले १५ हजार, १० हजार र ५ हजार हात पारे ।
बिजयी खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर प्रमुख जिल्ला अधिकारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मोहन बहादुर शाही लगायतले पुरस्कार वितरण गरेका थिए
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]