default_image

6 years ago

November 3, 2018

नमस्ते पीपीएल : चितवनलाई १ सय ४६ रनको विजयी लक्ष्य

76 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई जितका लागि १ सय ४६  रनको विजयी लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो । राम्रो सुरुवात गरेको विराटनगरका लागि ओपनर मोहम्मद जायद आलम र सुनिल धमलाले पहिलो विकेटको ८७ रनको साझेदारी गरेपछि विराटनगरले सम्मानजनक योगफल तयार पारेको थियो । ४७ बल खेलेका मोहम्मद जायदले ६ चौका र २ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय योगदान दिए ।

अर्का ओपनर सुनिल धमला अर्धशतक बनाउनबाट ३ चुके । ४५ बलमा धमलाले ७ चौका प्रहार गरे । प्रदीप ऐरी ११ रनमा पेभेलियन फर्किए । राजु रिजाल ६ तथा एन्टन एन्ड्रियु ४ रनमा आउट भए । राजेश पुलामी मगर र पुष्प थापा रनमा नटआउट रहे । चितवनका कप्तान पारस खड्का र स्मित पटेलले समान २–२ विकेट लिए । करण केसीले १ विकेट लिए ।

चितवनलाई शीर्ष तीनमा पर्न आजको खेल जित्नै पर्नेछ । पराजित भएको अवस्थामा प्रतियोगिताको लिग चरणबाटै बाहिरिनेछ । विराटनगर प्रतियोगिताको लिग चरणबाटै बाहिरि सकेको छ । यो खेलमा जित हात पारे विराटनगरको सान्तवना जित हुनेछ ।

चितवनले केही वेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.