6 years ago
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ ।
काठमाडौंले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रनमात्र जोड्न सक्यो । यस जितसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगको अन्तिम खेलमा शनिबार पोखरा पल्टनसँग खेलेपछि मात्र प्लेअफ वा फाइनल पुग्ने समीकरण टुङ्गो लाग्नेछ । पराजित टोली बुटवलको पनि प्लेअफ पुग्ने गणितीय सम्भावना भने जिवितै छ । सुरुवाती दुई खेल जितेको बुटवल लगातार तेस्रो हारसँगै प्लेअफ पुग्न अन्य खेलको नतिजामा भर हुनेछ ।
ओपनर सागर पुनलाई तेस्रो ओभरमा १ रनमा गुमाएको बुटवलका लागि यूएईका चिराग सुरी र रोहन मुस्तफाले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । चिराग नवौं ओभरमा ११ रन जोड्दै वसन्त रेग्मीको बलमा एलबीडब्लु भए । त्यसपछि लगातार विकेट गुमाएपछि बुटवलले खेलमा पकड गुमाएको थियो । बुटवलका लागि भीम सार्कीले १२, सिद्धान्त लोहनीले १३, कप्तान सोमपाल कामीले ४ तथा शंकर रानाले ४ रनमात्र जोडे । रोहन मुस्तफाले सर्वाधिक ६१ रनको योगदान दिए । ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका मुस्तफा वसन्तको बलमै एलबीडब्लु भए । काठमाडौंका लागि अमरसिंह राउटेलाले ३ तथा वसन्त रेग्मी र नन्दन यादवले २-२ विकेट लिए । गौरव तोमरले पनि १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । नरेशले २८ बलमा ५ छक्का र ३ चौका हिर्काए । कप्तान ज्ञानेन्द्र मल्ल २४ रनमा रनमा नटआउट रहे । कप्तान मल्लले १३ बलमा २ चौका र १ छक्का हिर्काए ।
ओपनर जयकिसन कोल्सावालाले ४५ रनको योगदान दिए । ३५ बलमा कोल्सावालाले ३ चौका २ छक्का प्रहार गरे । अघिल्ला खेलमा उच्च प्रदर्शन गरेका गौरव तमोर ११ रनमा आउट भए । ओपनर अमित श्रेष्ठ ४ रनमा आउट भए । विपीन खत्रीले २ विकेट लिए । रोहन मुस्ताफा र मोहम्मद संसाद शेखले १ विकेट लिए ।
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबिच सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ। उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १० गते हुनेछ। दोस्रो खेल माघ ११ गते मच्छिन्द्र क्लब र एपिएफ फुटबल क्लबबिच हुनेछ। माघ १२ गरे गते नेपाल पुलिस क्लब र बागमती फुटबल […]
January 19, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडीआठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो […]