default_image

6 years ago

October 29, 2018

पीपीएलः काठमाडौंको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार

66 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम अोभरमा ५ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा भारतीय खेलाडी गौरव तमोरले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ३९ बलमा अर्धशतक पुरा गरेका गौरवले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर अमित श्रेष्ठले ३५ रन जोडे । उनीहरुले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट भए । नरेश बुढाएर गोल्डेन डगआउट भए । पृथ बाँस्कोटा रनमा नटआउट रहे । अमरसिंह राउटेला रनमा नटआउट रहे । विराटनगरका शाहव आलमले २ विकेट लिए । सन्दीप लामिछाने, किशोर महतो र जितेन्द्र मुखियाले समान १ विकेट लिए ।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र मोहम्मद जायदले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा सुनिल धमला ३० रनमा आउट भए । मोहम्मद जायद ६७ रनमा आउट भए । ४७ बलमा जायदले ७ चौका र ४ छक्का हिर्काए । राजेश पुलामी मगरले ३० रनको योगदान दिए ।

एन्टन एन्ड्रियु ४ रनमा पभेलियन फर्किए । प्रदिप ऐरी ८ रनमा आउट भए । पुष्प थापा १ रनमा आउट भए । काठमाडौंका सुसन भारी र गौरव तमोरले समान २ विकेट लिए । वसन्त रेग्मीले पनि २ विकेट हात पारे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.