9 years ago
March 16, 2016
काठमाडौं, चैत ३ । नेपाल खेलकुद महासंघले १३औं साग तयारी र आवश्यक पूर्वाधारको लागि सरकारलाई सुझावमुखी विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राजधानीमा बुधबार नेपाल खेलकुद महासंघले एक कार्यक्रमको आयोजना गर्दै नेपालमा हुने १३औं साग तयारी र त्यसका निम्ती आवश्यक पूर्वाधारलाई छिट्टै तयारी थाल्न सुझाव दिएको हो । संघले दक्षिण एसियाका राष्ट्रहरुसँग प्रतिस्पर्धा, व्यवस्थापनसहित उत्साहजनक सहभागिता र नतिजाको लागि तयारी गर्नुपर्ने तर्क राखे । यस्तै कार्यक्रममा कुनै पनि प्रतियोगिताको लागि बजेट निकासा समयमै हुनुपर्ने, खेलाडी हकहितको तथा समयमै तयारीमा जुट्न आह्वान गरेको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यानारायण मण्डलले कम बजेट विनियोजनका कारण खेलुकदको विकास गर्न नसकिएको बताउदै १३औं सागका लागि सरकारले भौतिक संरचना र खेलाडी प्रशिक्षणमा आवश्यक बजेट छुट्याउनु पर्नेमा जोड दिए । उनले अन्य मन्त्रालयरुको तुलनामा खेलकुद मन्त्रालयलाई हेर्ने दृष्टिकोण बजेटको हिसावमा राम्रो नरहेको बताए ।
यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले १३औं साग खेलकुद प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधारको निर्माण विना सागको आयोजना गर्न गाह्रो हुने बताए । ‘पुरानै ढर्राबाट १३औं सागको आयोजना भए । सबैको हासोका पात्र बन्नेछ ।’ सदस्य–सचिव विष्टले भने, दुई वर्षको समय सागको तयारकिा लागि पर्याप्त हैन । तर, हामी दुईवर्षभित्रै आयोजना हुने गरी लक्ष्यमा राखेर कामको सुरुआत गर्नेछौ । त्यसमा एकदुई महिना तलमाथि हुन सक्नेछ ।’
१३औ साग गर्नका लागि उपयुक्त भौतिक संरचना नभएको अवस्थालाई ध्यानमा राखि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् गम्भिरताका साथ लाग्न कार्यक्रममा उपस्थित बक्ताहरुले सुझाव दिएका थिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]