default_image

6 years ago

October 27, 2018

पीपीएल: काठमाडौंले धनगढीलाई १७ रनले हरायो

90 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ

काठमाडौंले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रनको अर्धसतकिय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेन । उनले ४२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे ।

मध्यम शुरुवात गरेको धनगढीका लागि सन्दीप जोराले २७ रन जोडे । ११ बल खेलेका जोराले ३ छक्का र र १ चौका प्रहार गरे । सौरभ खनाल १४ बलमा १७ रन बनाउँदै पेभेलियन फर्किए । पिटर डेभिड ट्रेगोले १९ रन बनाए । सन्दीप सुनारले ११, ड्यानियल लरेन्स ८ रनमा आउट भए । मन्जित श्रेष्ठ ४ रनमा आउट भए । सन्तोस भट्ट ७ रनमा नटआउट रहे ।

काठमाडौंका सुसन भारी, अमरसिंह राउटेला र बसन्त रेग्मीले समान २ विकेट लिए । नन्दन यादव र गौरव तोमरले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गर्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गौरवले ४४ बलमा ९५ रन जोडे । उनले ४ चौका र १० छक्का प्रहार गरेका थिए । उनलाई तेस्रो विकेटका लागि नरेश बुढाएरले राम्रो साथ दिएका थिए । यी दुइले ९६ रनको साझेदारी गरे । नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रनको आक्रामक इनिङस खेले ।

त्यसअघि काठमाडौंका लागि दुवै ओपनरले औसत सुरुवात दिएका थिए । अमित श्रेष्ठले २१ बलमा १२ रन जोडे । जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे । उनले गौरवसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । धनगढीका लागि पिटर ट्रेगो, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले १-१ विकेट लिए ।

लिग अन्तरगत आइतबार २ खेल हुनेछ । पहिलो खेलमा विराटनगर टाइटन्स र एक्सपर्ट घनगढी ब्लुज तथा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच खेल हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.