9 years ago
March 15, 2016
कास्की, चैत १ कास्कीका राजेन्द्र गुरुडले चौथौं राष्टिय क्यायकिङ प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेका छन् ।
चौथौं पर्वतीय खेलकुद महोत्सव अन्र्तगत नेपाल ¥याफ्टिङ एन्ड क्यानोईड संघकौ आयोजनामा कास्कीको हेम्जास्थित सेती नदीमा भएको प्रतियोगिताको फाइनलमा गुरुङले १८ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण प्राप्त गरेका हुन् । उनले नगद १० हजार समैत हात पारे ।
प्रतियोगितामा सोमबहादुर मगरले रजत र जीवन गुरुङले कास्यपदक पाए । उनीहरुले क्रमशः ७ र ५ हजार रुपैया प्राप्त गरे ।
खुला रुपमा आयोजना गरिएको प्रतियोगितामा एक मात्र महिला गोमा सुनुवारले प्रतिस्पर्धा गरेकी थिईन् । दुई दिने प्रतियोगितामा १३५ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]