9 years ago
March 14, 2016
धनगढी, चैत १ धनगढी क्रिकेट एकेडेमीको आयोजनामा यही फाल्गुन २२ गते देखि धनगढीमा सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ अन्र्तगतका बाँकी सबै खेल अनिश्चित कालका लागि स्थगित भएको छ ।
धनगढी क्रिकेट एकेडेमीले सोमबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता सञ्चालनको सातौ दिनसम्म आईपुग्दा प्रतिकुल मौसम (बर्षासँगै असिना) का कारण मैदान तथा पीच खेल खेलाउँने अवस्थामा नरहेका खेल अर्काे सुचना नआएसम्म स्थगित गरिएको घोषणा गरेको छ ।
सोमबार आयोजक तथा प्राबिधिक कमिटीले प्रतियोगिताका बाँकी स्थगित खेलहरुको खेल तालिका चाडै नै सार्वजनिक गरिने विज्ञप्तीमा उल्लेख छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]