9 years ago
March 12, 2016
काठमाडौ, फागुन २९
१२औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा स्वर्णपदक बिजेता खेलाडी बिमल घर्तीमगर र नवयुग श्रेष्ठ सम्मानित भएका छन् ।
पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले शनिबार कार्यक्रम गरी सागमा स्वर्ण पदक दिलाउन महत्वपुर्ण योगदान गरेका फुटबल खेलाडीद्धय बिलम घर्तीमगर र नवयुग श्रेष्ठ र राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक उपेन्द्रमानसिंहलाई पनि सम्मान गरेको हो । एकेडेमीले सम्मानित खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ११ हजार १ सय ११ रुपैंया र कदरपत्रले सम्मान गरेको थियो । सागमा नवयुगले सर्वाधिक ७ गोल गर्दै नेपालले २३ वर्षपछि सागमा स्र्वण पदक दिलाउन महत्वपुर्ण भुमिका खेलेका थिए । नेपालले दुई महिनाको अवधिमा दुई उपाधि जित्दा विमलको भूमिका महत्वपूर्ण रहेको थियो । त्यस्तै, नेपालले बंगबन्धु गोल्डकपको उपाधि जित्दा उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक थिए ।
नेपालले फूटबलमा केही गर्न सक्छ भन्ने सन्देश दिन विमल र नवयुग जस्ता खेलाडीको कदर गर्दै सम्मान गरेको एकेडेमीका प्रिन्सिपल आर बी कट्वालले बताए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]