default_image

9 years ago

March 10, 2016

चौराहाको अपराजित यात्रामा पुर्णविराम

180 views

0 Bookmark

धनगढी, फागुन २७
धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा शीर्ष स्थानको चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । बिहिबार भएको खेलमा सन्तोषी टोलसँग ६ विकेटले पराजित भएपछि चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको हो । पराजित भएपनि चौराहाले नेट रनरेटमा क्याम्पसरोडलाई पछि पार्दै शीर्ष स्थानमा कायमै छ । यस्तै दोस्रो जित दर्ता गर्दै क्याम्पसरोड ४ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ ।

sunil dhamala
बिहिबार भएको दोस्रो खेलमा सन्तोषी टोलले चौराहालाई ६ विकेटले पराजित भयो । चौराहाले दिएको ९७ रनको सामान्य लक्ष्य सन्तोषी टोलले १७.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सन्तोषीको जितमा नटआउट रहेका ओपनर विजय रानाले ३९ रनको पारी खेले । त्यस्तै अर्का ओपनर सुनिल धमलाले २९ रन बनाए । चौराहाका सोनु तामाङ एक्लैले ४ विकेट लिएपनि त्यो जितको लागि पर्याप्त भएन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले १८.२ ओभरमा सवै विकेट गुमाएर ९६ रन बनायो । योगेन्द्र सिंह कार्कीले सर्वाधिक १९ रन बनाएको इनिङमा विपिन रावलले १३ रन बनाई साथ दिए । त्यस्तै सन्दिप जोराले १० रन जोडे । म्यान अफ द म्याच सन्तोषी टोलका टेकेन्द्र बोहरा र प्रकाश कार्कीले ३ विकेट हात पारे । सुनिल धमला र अमित बुढाले समान २ विकेट लिए ।
यस्तै बिहिबारको पहिलो खेलमा क्याम्पस रोडले हसनपुर रोयल्सलाई ४ विकेटले पराजित पार्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । हसनपुरले दिएको ४९ रनको झिनो लक्ष्य क्याम्पस रोडले जवाफी ब्याटिङमा क्याम्पसरोडले १४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो । अमर धानुकले १६ रन बनाउँदा सन्तोष भट्टले नटआउट १४ रन जोडे । हसनपुरका विनोद लामा र दिपेन्द्र सिंह ऐरीले २ तथा कप्तान विक्रम ठगुन्नाले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको हसनपुर रोयल्सले १७.१ ओभरमा सवै विकेट गुमाएर ४८ रन मात्र बनाउँन सक्यो । हसनपुरका लागी विनोद लामाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । क्याम्पसरोडका ललित सिंह भण्डारीले ४ विकेट लिए । त्यस्तै सागर भण्डारी र सन्तोष भट्टले समान २ विकेट लिए ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.