9 years ago
March 10, 2016
काठमाण्डौ, फागनु २७
भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई काठमाडौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव राज न्यौपानेको सभापतित्वमा आयोजित राष्ट्रपती रनिङशिल्डको उद्घाटनको अवसरमा बिहिबार १६ खेलाडीहरुलाई समितिले सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरुमा स्वर्ण पदक प्राप्त गर्ने फुपु ल्हामु खत्री (जुडो) र विराज महर्जन (फुटबल), रजत पदक प्राप्त खेलाडी सक्षम कार्की (तेक्वान्दो) र रोजा केसी (ट्राईयाथलन), उनले टिम ईभेन्टस्मा कास्य पदक समेत प्राप्त गरेकी थिईन् । यस्तै कास्य पदक प्राप्त गर्ने खेलाडीहरुमा भलिबलका प्रतिमा माली, कृपा अधिकारी र रेश्मा भण्डारी, आर्चरीका प्रेम प्रसाद पुन, खोखोका विक्कि राज महर्जन र पवन महर्जन, टेबल टेनिसका चन्द्र शाही, दीप साउन, अम्मरलाल मल्ल, नविता श्रेष्ठ र एलिना महर्जन तथा कबड्डीका चन्द्रवती बिष्ट रहेका छन् ।
स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेले क्रमशः १०, ७ र ५ हजार नगद पुरस्कार प्राप्त गरेको काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराईले जानकारी गराए ।
बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं माननिय युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डलले नगद पुरस्कारका साथै प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रममा माननिय सभासद् रामेश्वर फुयाल, ध्यानगोविन्द रञ्जित, परिषदका सदस्यहरु फत्तबहादुर गुरु, शान्ति गुरुङ, यान कुमारी गुरुङ “अस्मिता”, नारायण प्रसाद पौडेल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]