default_image

6 years ago

October 10, 2018

आर्मीमाथि एपिएफको संघर्षपूर्ण जित

78 views

0 Bookmark

अर्जुन कार्की (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलको नम्वर एक टोली नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ ।  गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा एपिएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।

फाइल तस्बिर

बलियो एपिएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट सहजै २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेट २४–२६ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्विएको थियो । तर, निर्णायक सेटमा एपिएफ चुकेन । उसले पाँचौ सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै ३–२ को संघर्षपूर्ण जित निकाल्न सफल भयो ।

घरेलु महिला भलिबलमा एपिएफले एकपक्षीय दवदवा कायम गरिरहँदा भलिबलमा कान्छो विभागीय टोली आर्मीले पछिल्लो समय उच्च प्रदर्शन गरिहेको छ । उसले अघिल्लो प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि जित निकालेको थियो ।

लगातार तेस्रो जितसँगै एपिएफ २२औं संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । एपिएफविरुद्ध अंक खोस्न सफल आर्मीले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.