9 years ago
March 9, 2016
चितवन, फागुन २६ चितवनको पटिहानीमा सम्पन्न पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो ।
उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयामा चित्त बुझायो् ।
बीएमडब्लुले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा खेलमा फर्कदै पुलिसले २५–१७ को जित निकाल्यो । तर, तेस्रो र चौथो सेटका खेलमा आपसी तालमेल मिलाउन नसक्दा पुलिसले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । बीएमडब्लुले तेस्रो र चौथो सेट २५–१६ र २५–२१ ले जित्यो ।
यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । बुधबारै भएको खेलमा बंगलादेशको वाटर डेभलेपमेन्ट बोर्ड (डब्लुडीबी) लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले तेस्रो स्थान प्राप्त गरेको हो । लगातार दुई सेट जितेको एपीएफले तेस्रो सेट गुमाएपनि चौथो सेटमा पुनः उत्कृष्ट पुनःआगमन गर्दै जित हात पारेको हो । एपीएफले २५–११, २५–१६, १८–२५ र २५–१९ को सेटमा जित हात पारेको हो । तेस्रो भएको एपिएफले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।
महाशिवरात्रिको अवसरमा आयोजित प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]