9 years ago
March 8, 2016
काठमाडौं फागुन २५ । न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि खेल्ने भएको छ ।
मगंलबार न्यू डायमण्ड एकेडेमीको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो । पहिलो र दोस्रो सेट २३–२५ र २०–२५ ले गुमाएको न्यू डायमण्डले खेलमा फर्कदै लगातार तीनै सेट जित्दै खेलमा फर्कियो । घरेलु कोर्टमा फाइनलमा पुग्न तीनै सेट जित्नु पर्ने दबाबमा परेको डायमण्डले २५–२२, २५–२२ र १५–११ ले जित हात पारेको थियो । त्यसैगरी दोस्रो सेमिफाइनलमा एपीएफले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा हरायो ।
एपीएफले फाइनलमा पश्चिमाञ्चललाई २५–७,२५–१७ र २५–१२ को सेटमा पारजित ग¥यो । सेमिफाइनलमा पराजित पुलिस र पश्चिमाञ्चल तेस्रो स्थानको लागि बुधबार खेल्नेछन् । फाइनल खेल पनि बुधबार नै हुनेछ ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]