9 years ago
March 8, 2016
चितवन, फागुन २५
विभागीय टिम नेपाल पुलिस क्लब चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले जितेपनि तेस्रो सेट गुमाएको पुलिसले प्रतिस्पर्धात्मक चौथो सेट २६–२४ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । तेस्रो सेट एपीएफले २५–१६ ले जितेको थियो ।
अब पुलिसले उपाधिका लागि वुधबार भारतको बीएमडब्लुसँग भिड्नेछ ।
सेमीफाइनल हारेको एपीएफले बंगलादेशको डब्लुडीबीसंग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलको फाइनल जित्नेले डेढ लाख पाउनेछ । दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने आयोजक पद्मोदय युवा क्लबका प्रवक्ता विकास कार्कीले जानकारी दिए ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]