default_image

6 years ago

October 5, 2018

ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा प्रिन्स पराजित

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल ब्याडमिन्टन एसिया यु–१५ एन्ड यु–१७ जुनियर च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् ।

म्यानमारको मन्डलाटार थिरी स्टेडियममा आज बिहान भएको प्रि–क्वाटरफाइनलमा प्रिन्स भारतका एस शंकर मोटुस्वामी शुक्र मनियमसँग २–१ को सेटमा पराजित भएका हुन् । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट १५–२१ ले गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको प्रिन्सले दोस्रो सेट २१–१४ ले सहजै आफ्नो पक्षमा पारेको थियो । निर्णायक सेटमा आफ्नै गल्तीमा पछि परेको प्रिन्सले शंकरलाई कडा टक्कर दिएपनि १९–२१ ले खेल गुमाउन पुगेको थियो ।

खेल ४७ मिनेट चलेको थियो । दुवई इन्टरनेसनल जुनियर च्याम्पियनसिपको च्याम्पियन प्रिन्सले राउन्ड अफ ३२ मा सिंगापुरका खलोडीलाई पराजित गरेको थियो ।
यु–१५ मिक्स डबल्स्मा प्रिन्स दाहाल र रसिला महर्जनको जोडी क्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीसँग निरा बने ।

यु–१७ महिला डबल्स्मा रसिला र रन्जनाको जोडी क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । उनीहरुले आजै सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

ब्याडमिन्टन एसिया यु–१५ एन्ड यु–१७ जुनियर च्याम्पियनसिपमा एसियाका पावरहाउसहरु थाइल्यान्ड, भियननामा, जापान, मलेसिया, सिंगापुर, हङकङ, दक्षिण कोरिया, श्रीलंका इन्डोनेसिया लगायतका देशहरुको सहभागिता रहेको छ ।

यसै प्रतियोगिताको लागि नेपालबाट दुई पुरुष, दुई महिला खेलाडी र एक व्यवस्थापक म्यानमार पुगेको थियो । खेलाडीमा प्रिन्स दाहाल पेम्वा शेर्पा, रसिला महर्जन र र।न्जना भट्ट रहेका छन् । टिम व्यवस्थापकको रुपमा जीवन सिंह कुँवर रहेका छन् । प्रिन्सको म्यानेजरको रुपमा आफ्नै मामा कमलेस निरौला आफ्नै खर्चमा प्रिन्ससँगै रहेका छन् ।

प्रिन्स दुवईबाट च्याम्पियन भएर फर्केकै दिन टोली म्यानमार प्रस्थान गरेको थियो ।

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 30, 2025

झापा र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.