6 years ago
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघको आयोजनामा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने भएको छ ।
राष्ट्रिय खेलकुदमा नयाँ खेल संघको रुपमा दर्ता भएको नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २३ र २३ गते दुई दिन राजधानीमा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिपको आयोजना गर्ने जानकारी गराएको हो ।
च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने संघका अध्यक्ष ईश्वर लामाले जानकारी गराए । आर १६ मा ‘बी’ ब्वाइज र ‘बी गल्र्सबीच तथा नेपाल ब्रेकिन च्याम्पियनसिपमा विभिन्न देशका खेलमडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । दुवैमा महिला र पुरुषबीच प्रतिस्पर्धा हुनेछ ।
आर–१६ को विजेताले आगामी नोभेम्बरमा ताइवानमा हुने विश्व फिनाले खेलमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछ । विश्व फिनालेमा १६ देशका ‘बी’ ब्वाइज र ‘बी’ गल्र्सले प्रतिस्पर्धा गर्नेछ । यस्तै ब्रेकिन च्याम्पियनसिपमा आयोजक नेपालसहित चार र बंगलादेशको सहभागिता रहनेछ । यसमा एक टिममा ५–५ जना रहनेछ ।
प्रतियोगिताको जजका लागि ताइवानबाट चोको र थाइल्यान्डबाट बि बोई गोन्जा र स्पाइस नेपाल आउनेछन् । सबै नतिजा २३ गते नै सार्वजनिक हुने आयोजकले जनाएको छ । ब्रेकिन एन्ड डान्स स्पोर्टस् जिम्न्यास्टिक र मार्सल आर्टको समिश्रणको खेल हो । नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले अमेरिका र ताइवानमा मान्यता लिएको छ भने यो राखेपमा २०६ खेलमा दर्ता भएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]