default_image

6 years ago

October 3, 2018

हेलम्बु ट्रेल म्याराथन कार्तिक पहिलो साता

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथन प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ । आयोजक हिमालय स्पोर्ट्स क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हेलम्बु ट्रेल म्याराथन कार्तिक  ६ गते हुने जनाकारी गराएको हो ।

प्रदेश नम्वर ३ को सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा हुने म्याराथनमा तीन विधामा प्रतिस्पर्धा हुनेछ । जसमा फुल म्याराथन, ५ किमिको खुल्ला दौड र ५ किमिको वाकथान हुने क्लबका अध्यक्ष छिरिङ लामाले जनाकारी गराए । उनले ट्रेल म्याराथन गर्नुको मुख्य उद्देश्य साहसिक खेल पर्याटन प्रवद्र्धन गरी देश विदेशमा हेलम्बुलाई परिचित गराई आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्नु रहेको बताए । यस्तै उनले काठमाडौंबाट नजिकै रहेको हेलम्बुमा उच्च र्वितीय खेलकुद तालिम केन्द्रको स्थापना गर्ने तयारीमा रहेको समेत बताए ।

प्रतियोगिताको फुल म्याराथनतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद प्राप्त गर्नेछन् । यस्तै दशौं स्थानसम्मका खेलाडीलाई समेत पुरस्कृत गरिने अयोजकले जनाएको छ । प्रतियोगिताको फुल म्याराथनमा सहभागिता जनाउन ४ हजार ५ सय दर्ता शुल्क बुझाउनु पर्नेछ ।

५ किमिको खुल्ला दौड र वाकथनतर्फ एक हजार दर्ता शुल्क लाग्नेछ । सहभागी खेलाडीको यातायात र खान बस्न खर्च आयोजकले बेहोर्नेछ । प्रतियोगितामा ४७० स्वदेशी र ३० विदेशी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.