default_image

9 years ago

March 5, 2016

४ स्वर्णसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

144 views

0 Bookmark

काठमाडौं, फागुन २१ हङकङस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदकसहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको छ ।

Taekwondo Winner Team
फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । यस्तै जुनियर विधामा राजन भण्डारी र मेलिषा खड्गीले स्वर्ण जितेको प्रशिक्षक मनोज खड्गीले जानकारी गराए । खड्गीका अनुसार सिनियर ब्लाक बेल्टमा गोपाल भण्डारीले रजत पदक प्राप्त गरे । भण्डारी इन्डोनेशियाका खेलाडीसँग फाइनल राउन्डमा पराजित भएका थिए ।
बब्लु सिवाकोटी सो प्रतियोगिताका उत्कृष्ट खेलाडी समेत घोषित भएको प्रशिक्षक खड्गीले बताए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.