6 years ago
September 29, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु भएको एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतबीरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । खेल अब केहि समयमा सुरु हुने छ । भारतले पहिला ब्याटिङ गर्नेछ । नेपालले अहिलेसम्म भारतलाई १ पटक मात्र पराजित गरेको छ भने अन्य कुनैपनि खेलमा जित निकाल्न सकेको छैन ।
नेपालले गत संस्करणको समूह चरणको खेलमा भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन् ।
नेपालले दोस्रो खेल सोमबार अफगानिस्तान र समुह चरणको अन्तिम खेल मंगलबार युएईसँग खेल्ने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]