default_image

7 years ago

September 27, 2018

प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको प्रि–क्वाटरफाइनलमा

125 views

0 Bookmark

काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ को सहज जित निकालेको प्रिन्सले दोस्रो सेटमा २१–८ को सहज जित निकाल्न सफल भयो । उनले पहिलो चरणमा वाई पाएको थियो ।

सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए । बुधबारबाट शुरु भएको सिरिज आइतबारसम्म चल्नेछ । सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।

गत आइतबार मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेको प्रिन्सले शुक्रबार युएईंकै धनवान्थ राहभानसँग खेल्नेछ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.