7 years ago
September 23, 2018
ललितपुर (हाम्रो खेलकुद) – जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल प्रवेश गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको क्वाटरफाइनल खेलमा मायांकाले एश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । बहिनी माहिकाले एनी माथेमालाई ७–६ र ६–१ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । यस्तै प्रेरणा कोइरालाले प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले तथा अभिलाषा भने आइरा रावत (रिटायर्ड हर्ट) भएपछि अन्तिम चारमा पुगिन् । तर, खेलमा अभिलाषाले ७–६, ४–२ ले अग्रता लिएकी थिइन् ।
पुरुष सिंगल्सतर्फ निक रासट्रपले प्रणब खनाललाई २–१ को सेटमा पराजित गरे । निशान श्रेष्ठले सुब्रत बस्नेतलाई ७–६, ७–५ ले, प्रदीप खड्काले इभानहोइ लिसानेभीचलाई ६–२, ६–३ ले, कमल भण्डारीले भिष्मजंग गुरुङलाई ६–१, ६–० ले, महेश श्रेष्ठले नीम वान राईलाई ६–०, ६–० ले र सन्तोष खत्रीले बिजय महर्जनलाई ६–०, ६–१ ले हराएका थिए । नबीन मगरविरुद्ध इन्द्रबहादुर शाहले र जितेन्द्र परियारविरुद्ध मुक्तिसेन गुरुंगले वाकओभर दिएका थिए ।
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]
April 21, 2025
सुमन अधिकारी, बुटवल आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले यु १४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । देवदह क्रिकेट युनिटलाई सोमवार भएको फाइनलमा १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि जितेको हो । नरेश्वर खेल मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० […]
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]