7 years ago
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बिद्यालय भलिबल कमिसनको पहिलो बिशेष साधारण सभाले न्युटन हाईस्कुलका प्रिन्सिपल रामवहादुर केसीको अध्यक्षतामा १३ सदस्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ ।
कमिसनको उपाध्यक्षमा न्युडायमण्ड एकेडेमीका प्रिन्सिपल कुमार राई र हिमचुली एकेडेमीका निर्देशक युवराज श्रेष्ठ रहेका छन् । त्यस्तै हिमरश्मी हाईस्कुलका प्रिन्सिपल लोकेन्द्रवहादुर खड्का सचिव र सामाखुसी बोडिङ स्कुल(सेब)का प्रिन्सिपल युवाराज थापाले पुनः कोषाध्यक्षको जिम्मेवारी पाए ।
कमिसनको सदस्यमा मनास्लु स्कुलका प्रिन्सिपल भक्तकुमार श्रेष्ठ, ज्ञानसुदा एकेडेमीका प्रिन्सिपल प्रमोद जिसी, सेन्डेबिजका प्रिन्सिपल अम्बिका ओली, नबसुन्ता खाँन एकेडेमीका प्रिन्सिपल सुदर्शन थापा, ज्ञानसिखा स्कुलका प्रिन्सिपल रामवाबु अधिकारी, अरुणोदय स्कुलका प्रिन्सिपल भिमसेन केसी,अनलज्याती स्कुलका प्रिन्सिपल निरोज महर्जन र नाईटिंगेल स्कुलकी प्रिन्सिपल रन्जना प्रधान रहेका छन् ।
कमिसनको सल्लाहाकरमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्द, प्याब्सन उपत्यका प्रदेश अध्यक्ष थकिनकुमार गुरुङ र महेन्द्र राष्ट्रिय माबीका प्राचार्य भिमप्रसाद पोखरेल रहेका छन् । निर्विरोध निर्वाचित कमिटिलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए । कमिसनको कार्य अवधि २ बर्षको रहने छ ।
कुमार, विजय र विकास सम्मानित
नेपाल बिद्यालय भलिबल कमिसनको पहिलो बिशेष साधारण सभाका अवसरमा प्रशिक्षक कुमार र रेफ्रीद्धय विजय र विकास सम्मानीत भएका छन् ।
शुक्रवार नेपाल बिद्यालय भलिबल कमिसनले न्यडायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका कुमार राईलाई बिद्यालय स्तरमा भलिबल खेलाडी उत्पादन गराई राष्ट्रिय च्याम्पियन बनाउन र प्रतिभावन खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका निभाएकोमा ताम्रपत्रसहित १० हजार नगदले सम्मान गरेको हो । त्यस्तै एशियन अन्तर्राष्ट्रिय रेफ्री क्यानिडेडमा उत्रिणा गरेका रेफ्रीद्धय विजय केसी र विकाश गुरुङलाई जनहि ताम्रापत्र सहित नगद ३ हजारले सम्मान गरेको हो ।
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]