7 years ago
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब र गन्डकी प्रदेश राजधानी जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । एपीएफले गीतान्जली कलेजलाई तथा गन्डकीले आयोजक ढोरपाटन क्लबलाई पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेका हुन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले गीतान्जली कलेजमाथि ३–० को सहज जित निकाल्यो । पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो र तेस्रो सेट क्रमशः २५–२१ र २५–१४ ले आफ्नो पक्षमा पार्दै उपाधिनजिक पुग्यो ।
शुक्रबारै भएको अर्काे खेलमा गन्डकी प्रदेशले आयोजक ढोरपाटनमाथि ३–१ को जित निकाल्दै फाइनलमा एपीएफसँगको भेट पक्का ग¥यो । पहिलो सेट २३–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट गन्डकीले २५–१५, २५–२० र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । शुक्रबारै भएको क्वाटरफाइनलमा गन्डकीले बडिगार्ड गाउपालिकामाथि ३–० को सहज जित निकालेको थियो ।
फाइनल खेल शनिबार हुनेछ । तेस्रो स्थानको लागि गीतान्जली र बडिगार्डले खेल्नेछ ।
यति ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंङ्स एम–१५० ले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् ।
ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अरु ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउनेछन् ।
April 21, 2025
सुमन अधिकारी, बुटवल आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले यु १४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । देवदह क्रिकेट युनिटलाई सोमवार भएको फाइनलमा १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि जितेको हो । नरेश्वर खेल मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० […]
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]
April 21, 2025
पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]