9 years ago
February 28, 2016
काठमाडौं, फागुन १६
काठमाडौंमा जारी प्रथम रुस्लान कप टी–२० प्र्रतियोगितामा सशस्त्र प्रहरकिो एपिएफ क्लब र हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले लर्ड बुद्ध क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको हो ।
हिमालयनले दिएको १५५ रनको लक्ष्य पछ्याएको लर्डबुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । सुजन थपलियाले ३५ रनको योगदान दिएपनि त्यो जितको लागि पर्याप्त भएन । यस्तै संयोग दाहालले १८रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेन । हिमालयनका लागि आशिष पोखरेल र शेरसिंह खत्रीले समान दुई–दुई तथा दिनेश अग्री र अविनाश अधिकारीले समान एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हिमालयनले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाउदै १५४ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागि अमरसिंह राउतेलाले २४ रनको योगदान दिए । भुपेन्द्र थापा र अविनाश अधिकारीले समान २२–२२ रन बनाएर आउट भए । शक्ति भण्डारीले २० रन बनाएर पभेलियन फर्किए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेन । लर्डबुद्धका लागि प्रशोन थापा र सतेन्द्र जोशीले समान तीन–तीन विकेट लिए । अभिशेष थापाले दुई तथा सुसन श्रेष्ठ र मनिष श्रीवास्तवले एक–एक विकेट हात पारे ।
यस्तै आइतबारै भएको अर्काे खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ३२ रनले पराजित ग¥यो । एपिएफले दिएको १३० रनको लक्ष्य पछ्याएको पुल्चोक क्याम्पस ६ विकेट गुमाउदै ९७ रनमात्र बनाउन सक्यो । यसका लागि गौरव खड्काले ५५ रनको योगदान दिएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा सस्तैमा समेटियो । एपिएफका बसन्त रेग्मीले तीन विकेट लिए । अरिफ सेख, शंकर रावल र सन्दिप लामिछानेले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै १२९ रनको योगफल तयार पारेको थियो । एपिएफका प्रदिप ऐरीले सर्वाधिक ४६ रन जोडे । आरिफ शेख ३४ रनमा अविजित रहे । सुवास खकुरेल २१ रन बनाएर पभेलियन फर्किए । पुल्चोकका सुमन्त शाहले दुई विकेट लिए ।
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 6, 2025
दिपक बोहोरा, पाँचथर पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेश स्तरीय एन्फा आधारभुत रेफ्रिङ कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघ ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्रिङ कोर्षको आयोजना गरेको हो । आगामी बैशाख ३० गतेसम्म सन्चालन हुने कोर्षमा कोशी प्रदेशका बिभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा […]