7 years ago
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सीताराम अग्रहरि र युवा प्रोत्साहन पुरस्कारबाट दिल तामाङलाई सम्मानित गरेको छ ।
मञ्चले आफ्नो १४औं साधरण सभाको अवसरमा नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान गर्नुभएका सीताराम अग्रहरिलाई ‘एनएसजेएफ पत्रकारिता सम्मान २०७५’बाट सम्मानित गरेको हो ।
उनले सम्मान–पत्रसहित १५ हजार रुपैया“ प्राप्त गरे । मञ्चका संस्थापक संयोजक रहेका उनी ३५ बर्षयता पत्रकारितामा सक्रिय हुनुहन्छ । उनले गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक र प्रधान सम्पादकको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।
बर्षेनी मञ्चले प्रदान गर्दै आएको एनएसजेएफ पत्रकारिता सम्मानबाट यसअघि श्याम चित्रकार, पुष्करलाल श्रेष्ठ, पी खरेल र गोपाल बस्नेत सम्मानित भैसकेका छन् ।
मञ्चले यसै बर्षदेखि युवा खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले ‘एनएसजेएफ युवा पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट राजधानी दैनिकमा कार्यरत दिल तामाङलाई एआईपीएस एसियाद्वारा उपलब्ध गराइएको ‘मिनी आइप्याड’ प्रदान गरियो ।
मञ्चका अध्यक्ष महेश आचार्यको अध्यक्षतामा भएको साधारणसभामा महासचिव प्रकाश तिमल्सिनाद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन पारित गरेको छ । उक्त साधारणसभाले कोषाध्यक्ष प्रज्वल ओलीद्वारा प्रस्तुत २०७३÷७३ र २०७४÷७५ को आर्थिक प्रतिवेदन पनि सर्वसम्मन पारित गरेको छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]