default_image

7 years ago

September 18, 2018

गोपीचन्द्रलाई हाफ म्याराथनको उपाधि

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले संविधान दिवसको अवसरमा आयोजना भएको हाफ म्याराथनको उपाधि जितेको छ ।

 


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदबाट मंगलबार बिहान भएको हाफ म्याराथनमा गोपीले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा १० मिनेट ५४ सेकेन्डमा पुरा गर्दै उपाधि जितेको हो । त्रिभुवन आर्मी क्लबमा होमलाल श्रेष्ठ दोस्रो र आर्मीकै हरि कुमार रिमाल तेस्रो भए । होमलालले १ घन्टा ११ मिनेट ५ सेकेन्डमा दुरी पूरा गर्दा हरिले १ घन्टा १२ मिनेट २५ सेकेन्डमा दुरी पूरा गर्दै तेस्रो स्थान हात पारे । आर्मीका खगेन्द्र भाट १ घन्टा १२ मिनेट ४५ सेकेन्डका साथ चौथो हुदा एपीएफका किरण सिंह बोगटी र खिम बहादुर खत्रीले क्रमश पाँचौ र छैटौं स्थान हात पारे ।


उपाधि विजेता बनेको गोपीले ५० हजार रुपैया प्राप्त गरे । दोस्रो भएको होमलालले ३० हजार तथा तेस्रो स्थान हात पारेको हरिले २० हजार रुपैया प्राप्त गरे । चौथो हुनेले १० हजार प्राप्त गर्दा पाँचौ र छैटौ भएकाले समान ५ हजार प्राप्त गरे ।


विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य– सचिव केशवकुमार विष्ट र युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन प्रकाश सापकोटाले पुरस्कृत गरे । त्यसअघि हाफ म्याराथनको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत सुनारले गरेका थिए । हाफ म्याराथनमा करिव १ सय धावकहरुकले सहभागिता जनाएका थिए ।

April 24, 2025

आयोजक चन्द्रगढी भेट्रान फुटबलको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे‌। सन्तोष बस्नेतले […]

April 23, 2025

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित

सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा‌३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]

April 22, 2025

दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]

Success

Thank you for your time.