7 years ago
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको विमा गरेको थियो ।
स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी हुनु पूर्व गत जेठ ३० गते श्रीलंकाको कोदामामा रम्बल इन जंगल– २०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनल गौतमले स्व. नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई विमा वापतको रकम ७ लाख रुपैयाँ बराबरको चेक त्रिपुरेश्वरस्थित राखेपमा हस्तान्तरण गरे । राखेपले एनएलजीसंग गत जेठ २४ गते इन्डोनेसिया एसियाडमा सहभागी हुने सम्पूर्ण नेपाली खेलाडीको १ वर्षका लागि विमा गरेको थियो । यसअघि राखेपले एनएलजीसंगै भारतमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडी र पदाधिकारीको समेत विमा गरेको थियो ।
जेठ ३० गते मृत्यु भएपनि विभिन्न कानुनी प्रकृया पूरा गर्दा असार ७ गते मात्र नारायणको पार्थिव शरीर काठमाडौं ल्याइएको थियो । त्यसै दिन उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केहि घण्टा राखेप हातामा राखि पशुपति आर्याघाटमा अन्त्येष्ठि गरिएको थियो । ३३ वर्षको उमेरमा मृत्यु वरण गरेका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ संघले जनाएको छ । स्व. नारायण अबिवाहित थिए । स्व. नारायणका आमा, बुवा र दुई दिदी छन् ।
सदस्य–सचिव विष्टले खेलाडी नारायणको दुःखद निधन खेलकुदका लागि पीडादायी दिन भएको बताउदै परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरे । उनले थप सहयोगका लागि पनि राखेपले पहल गरिरहेको जानकारी गराए । विभागीय प्रमुख गौतमले परिवारले व्यहोरेको अपूर्णीय क्षती प्रति दुख व्यक्त गर्दै राखेपको विमा गर्ने परिपाटीको सराहना गरे । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राष्ट्रले खेलाडी र आमाले छोरा गुमाउनु अत्यन्तै पीडादायी क्षण भएको बताउदै खेलाडीको विमा गरिदिएकोमा राखेपलाई धन्यवाद दिए ।
साइक्लिङ संघको सहयोग
सोही विमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल साइक्लिङ संघले स्व. नारायणका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व. नारायणकी आमा श्रेष्ठलाई १ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । अध्यक्ष कक्षपतिले १ लाख साइक्लिङ संघबाट उपलब्ध गराइएको र बाँकी रकम अन्यबाट संकलित भएको जानकारी दिए ।
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]
April 21, 2025
सुमन अधिकारी, बुटवल आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले यु १४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । देवदह क्रिकेट युनिटलाई सोमवार भएको फाइनलमा १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि जितेको हो । नरेश्वर खेल मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० […]
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]