default_image

7 years ago

September 17, 2018

तेस्रो जेष्ट ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराउनदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

 

 


प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ । यसपटक पुरुष युगल खुल्लालाई प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए ।

यसपटक पुरुष एकल खुल्ला, पुरुष डबल्स (टप २० बाहेक), महिला एकल खुल्ला, यु–१५ पुरुष खुल्ला र यु–१५ महिला एकल खुल्ला, मिक्स डबल्स खुल्ला, मास्टर ३५ वर्षमाथि खुल्ला, मास्टर ४५ वर्षमाथि खुल्ला र पुरुष डबल्स खुल्लामा प्रतिस्पर्धा हुनेछ । सबै विधामा ४३ टिमबाट यसपटक ३०५ खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुष सिंगल्र्सतर्फको विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ५–५ हजार प्राप्त गर्नेछन् । पुरुष डबल्स खुल्लातर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पुग्नेले ८ हजार पाउनेछ ।

पुरुष डबल्स (टप २० बाहेक)को विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाउनेछ । महिला एकलतर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गर्नेछ ।

यु–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाउनेछ । ब्वाइजतर्फ दोस्रो हुनेले ६ हजार तथा महिलाले ८ हजार पाउनेछ । तेस्रो हुनेले समान ६ हजार पाउनेछ ।

मिक्स डबल्र्सका विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गर्नेछ । मास्टर ३५ र ४५ माथिको विजेताले समान २० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले समान ८ हजार प्राप्त गर्नेछ ।

यसअघिको दुवै संस्करणको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र महिला एकलमा आर्मीकै नङ्सलदेवी तामाङ च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको सबै खेल जेष्ट ब्याडमिन्टन एकेडेमी बसुन्धारमा हुनेछ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.