9 years ago
February 27, 2016
ललितपुर, फागुन १५ ललितपुर जिल्ला खेलकुद बिकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोश्रो साधारण सभाले पुर्व खेलाडी राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा आठौ सागका स्वर्णधारी प्रकाश थापामगर रहेका छन् । त्यसै गरि सचिवमा राजन प्रजापति,कोषाध्यक्ष रत्न अवाले रहेका छन् । सदस्यहरुमा रमेश चन्द्र ऐर, आठौ सागका स्वर्ण बिजेता रामचन्द्र थापामगर, पुष्पा योञ्जन बस्तेत र श्याम अवाले रहेका छन् । समितिको शनिवार नै बसेको बैढकले सदस्य श्याम अवालेलाई प्रवक्ताको पनि जिम्मेवारी तोकेको छ । त्यस्तै महेश सिंहलाई द्धितिय उपाध्यक्षमा मनोनित गरेको छ भने महेश रिजाललाई सदस्यमा मनोनित गरेको छ ।
लतितपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हेराकजी महर्जनको प्रमुख अतित्थ्यमा उद्घाटन भएको सधारण सभाको अध्यक्षता निर्वतमान अध्यक्ष गोबिन्द डंगोलले गरेका थिए । सधारण सभामा नेपाल बक्सिङ संघका महासचिव दिपक गुरुङ, संघका पुर्व अध्यक्ष रबिराज थापाको उपस्थिति रहेको थियो । ललितपुर जिल्ला खेलकुद समितिका कार्यलय प्रमुख सुजन खतिवाडाको संयोजकत्वमा गठित ४ सदस्य निर्वाचन कमिटिले बिरिष्ट गुरुत्रोय सुरेश सिंह आले,मथुरादश नेवा,मञ्जुजंग थापा रहेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]