default_image

6 years ago

September 14, 2018

मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल दशरथ रंगशालामा हुने, तयार होला रंगशाला ?

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला २०७२ को भूकम्पले क्षतविक्षत बनेको थियो । १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै रंगशालाको पुर्ननिर्माण कायै भैरहेको छ । साग नजिकिदै गर्दा रंगशालाको निकै सुस्त गतिमा पूर्ननिर्माण कार्य भैरहेको छ ।


यस्तै अवस्थामा मदन भन्डरी स्पोर्टस् एकेडेमीले आगामी माघ दोस्रो साताबाट दशरथ रंगशालामा मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै रंगशाला निर्माणलाई छिटो सम्पन्न गर्न दबाब दिनको लागि प्रतियोगिता दशरथ रंगशालामै आयोजना गर्ने निर्णय गरिएको जानकारी गराए । प्रतियोगिता माघ ९ देखि १९ गतेसम्म हुनेछ ।

‘हाम्रो प्रतियोगितासम्म दशरथ रंगशाला निर्माण भैसक्ने हामीले अपेक्षा गरेका छौं । रंगशालाको पूर्ननिर्माण कार्य भैरहेको छ । दशै अघि हामीले प्याराफिट तयार हुने खबर पाएका छौं । अहिले प्याराफिट सरसफाई भैरहेको छ ’ एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘यो रंगशाला छिटो पुर्ननिर्माणका लागि दवावजस्तो कार्यक्रम पनि हो । हामी निरन्तर दबाब दिनेछौं । निश्चित समयसम्म तयार नभए हामीले विकल्पमा अन्य मैदान पनि हेर्नुपर्ने हुन्छ । हाम्रो चाहना रंगशालामै प्रतियोगिता गराउने रहेको छ ।’ उनले प्रतियोगिता निरन्तर आयोजना हुने पनि जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले रंगशाला ९९ प्रतिशत तयार रहेको बताए ।

प्रतियोगितामा नेपालबाट नेपाल ‘रातो’ र नेपाल ‘निलो’ दुई टिम र चार विदेशी टिम गरि ६ टिम हुने आयोजकले जनाएको छ । आयोजकले विदेशी क्लब ६ टिम हुन सक्ने पनि बताएको छ । एकेडमीले दक्षिण कोरिया, चीन, भुटान, बंगलादेश, भारत र थाइल्याण्डलाई पत्राचार गरिसकेको जनाएको छ ।

यस्तै एकेडमीले एन्फाबाट स्वीकृती लिइसकेको र प्रतियोगितालाई मान्यता दिलाउन फिफा र एएफसँग पहल भैरहेको र प्रतियोतिामा सहभागी अन्तर्राष्ट्रिय टिमहरुसँग समन्वय एन्फा मार्फन हुने छ ।

६ या ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । विजेताले २५ हजार अमेरिकी डलर पाउनेछन् ।

यस्तै दोस्रो हुनेलाई १० हजार अमेरिकी डलर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई समान १ हजार अमेरिकी डलर दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिव १ करोड ५० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.