7 years ago
September 12, 2018
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोलीले पोखराको लामाचौरमा भएको महिला राष्ट्रिय भलिबलमा तेस्रो स्थान हात पारेको छ ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले विदेशी खेलाडी सम्मिलित चितवन टाइगरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले चितवनमाथि २५–१८, २५–१८ र २५ १८ को सोझो सेटमा जित निकाल्यो ।
अहिले उपाधिका लागि महिला भलिबलको चिरपरिचित प्रतिद्धन्द्धी विभागीय नेपाल एपीएफ क्लब र न्यु डायमन्ड एकेडेमीबीच खेल भैरहेको छ ।
तीज महोत्सवका अवसरमा नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख र उपबिजेताले ६५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा ५ टोली सहभागी छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]